मलेसियाको क्वालालम्पुरबाट बेजिङ्गका लागी उडेको २ सय ३९ यात्रु सवार बिमान सम्पर्कविहिन भएको छ । मलेसियन एयरलाइन्सका अनुसार बेजिङ्गका लागी उडेको विमान स्थानीय समय अनुसार आज विहान २ बजेर ४० मिनेटमा सम्पर्कविहिन भएको हो ।
विमानमा १२ जना चालक दलका सदस्यसहित २ सय २७ यात्रु सवार रहेको मलेसियाली अधिकारीहरुले बताएका छन् । क्वालालम्पुरबाट उडान भरेको दुई घण्टापछि बिमान सम्पर्कविहिन भएको बताइएको छ ।
चीनको सरकारी समाचार एजेन्सीका अनुसार सो बिमान भियतनाम नियन्त्रित हवाई क्षेत्रमा कतै हराएको हुन सक्ने आशंका गरिएको छ । चिनियाँ अधिकारीले सो बिमान चीनको हवाई क्षेत्रमा प्रवेश नगरेको जनाएको छ । मलेसियन एयरलाइन्स मलेसियाको सरकारी बिमान कम्पनी हो ।