Saturday, December 27, 2014

२ सय ३९ यात्रुसहित उडेको विमान सम्पर्कविहिन

मलेसियाको क्वालालम्पुरबाट बेजिङ्गका लागी उडेको २ सय ३९ यात्रु सवार बिमान सम्पर्कविहिन भएको छ । मलेसियन एयरलाइन्सका अनुसार बेजिङ्गका लागी उडेको विमान स्थानीय समय अनुसार आज विहान २ बजेर ४० मिनेटमा सम्पर्कविहिन भएको हो ।

विमानमा १२ जना चालक दलका सदस्यसहित २ सय २७ यात्रु सवार रहेको मलेसियाली अधिकारीहरुले बताएका छन् । क्वालालम्पुरबाट उडान भरेको दुई घण्टापछि बिमान सम्पर्कविहिन भएको बताइएको छ ।

चीनको सरकारी समाचार एजेन्सीका अनुसार सो बिमान भियतनाम नियन्त्रित हवाई क्षेत्रमा कतै हराएको हुन सक्ने आशंका गरिएको छ । चिनियाँ अधिकारीले सो बिमान चीनको हवाई क्षेत्रमा प्रवेश नगरेको जनाएको छ । मलेसियन एयरलाइन्स मलेसियाको सरकारी बिमान कम्पनी हो ।

Friday, December 26, 2014

श्रीमतीले धोका दिइरहेको कुरा थाहा पाउने तरिका !

आफ्नी श्रीमतीले धोका दिइरहेको कुरा थाहा पाउनका लागि विशेषज्ञहरु केहि तरिकाहरु दिएका छन्। पहिलो, फोन कल– फोन कलमा आइरहेको परिवर्तन जस्तै बारम्बर आइरहने फोन, स्वरको परिवर्तन, मेसेजगर्ने प्रवृत्तिहरुले तपाईंकी श्रीमतीले धोका दिइरहेको छ कि छैन भन्ने कुरा थाहा हुन्छ । जब उनले फोन उठाउँदा के फोनको आवाज कम गर्छिन् अथवा अकस्मात् बोल्ने शैलीमा परिवर्तन गर्छिन् ? दोस्रो, उनको केटी साथीहरुसँग घुलमिल– के उनी उनको केटी साथीहसँग पहिलाको भन्दा बढि समय बिताउँछिन् । केहि अघि कसैसँग समय बिताउनु नपर्ने श्रीमती एकाएक बेलुकाको धेरैजसो समय बाहिर नै बिताउने गर्दछिन् र जब तपाईंले कहाँ थियौ भन्ने प्रश्न गर्दा उनको उत्तर इमानदार नहुन सक्छ । यदि यस्तो अवस्था छ भने तपाईंकी श्रीमती केटी साथीहरुसँग नभई अरु कुनै मानिससँग समय बिताइरहेको हुनसक्छ । तेस्रो, नुहाउने र जीम– के उनी घर फर्कदा भर्खरै नुहाएर आएको जस्तो देखिन्छिन् जब कि उनी बिगतमा दिउँसो नुहाउने गर्दिनथिन् । के उनी पहिलाको भन्दा जीममा बढि धाउने गर्दछिन् ? चौथो, उनको बास्ना–के उनी पहिले यस्तो बास्नादार हुने गर्दथिन् । के उनीबाट महिलाको भन्दा पुरुषको बास्ना बढि आइरहेको छ ? उनको यो नयाँ बास्ना महिलाको भन्दा पुरुषको बढि हो कि, अथवा त्यस्तै खालको बास्ना आफ्नो कुनै साथीको हो कि त्यो याद राख्नुहोस् । पाँचौ, आँखा जुधाई – के उनले कहाँ गएकी थियौ र के गरिरहेकी थियौ भन्ने प्रश्नको उत्तर दिँदा आँखा जुधाएर उत्तर दिन बन्द गरेकी छिन् । पहिला आँखा जुधाएर कुरा गर्ने तपाईंकी श्रीमतीले एकाएक यसो गर्न बन्द गरेकी छिन् भने होसियार हुनुहोस् । अन्तिममा यौन विचलन– के उनको सेक्स प्रतिको रुची पहिलाको भन्दा कम छ ? के उनी तपाईंसँगको सेक्समा साथ मात्र दिइरहेकी छिन् ? के उनले तपाईंले कहिले नगर्नुभएको तरिकाहरु अपनाउन अनुरोध गर्छिन् अथवा के उनले तपाईंलाई सेक्सका नयाँ तरिकाहरुको बारेमा सिकाउने गर्दछिन् ? अझै तपाई झन विदेशमा हुनुहुन्छ भने त यस्तो कुरा मा धेरै ख्याल गर्नु पर्छ आज्भ्ली धेरैको श्रीमती अरु सग पोइल गयको देखिन्छ तेसैले यहाँ दियको कुरा हरु पुरुष हरुले ख्याल गर्ने हो भने बेलैमा यस्तो कुरा थाहा पाउन सकिन्छ अनि यस्तो घटना न हुन् सक्छ ! एजेन्सी

कैदीसँग अवैध यौन सम्पर्क गर्ने महिला अधिकारी जेलमा !


एजेन्सी । जेलमा बन्द रहेका कैदीसँग शारीरिक सम्बन्ध बनाउने र प्रेम पत्र आदानप्रदान गर्ने महिला जेल अधिकारीलाई कानुनी कारबाही गर्नुका साथै जेल पठाइएको छ ।

लण्डनकी सिन्डी बेकर नाकी महिला अधिकारीलाई कानुन तोडेर कैदीका साथ यौन सम्बन्ध राखेको र प्रेम पत्र आदान प्रदान गरेको आरोपमा कारबाही गरिएको हो । एक कैदीले महिला अधिकारी र अर्को कैदीबीच शारीरिक सम्बन्ध भएको बताएपछि घटना सार्वजनिक भएको हो ।

jail-549bfdafd02bf_exlstप्रहरी अनुसन्धानका क्रममा प्रेम पत्र समेत भेटिएको हो । मिरर न्युजका अनुसार उक्त उजुरी आएपछि २५ वर्षीय ती महिला अधिकारीको बेड रुममा खानतलासी गरेको थियो । खानतलासीका क्रममा प्रेम पत्र समेत भेटिएको हो ।

ती कैदी सन् २००९ देखि हत्या आरोपमा जेलमा रहेका छन् । उनीहरु दुवैले प्रेम पत्रमा रोमान्चक र यौनउत्तेजक शब्दहरु लेखेको सुनुवाईका क्रममा अदालतले जनाएको छ ।

आरोपी महिला अधिकारीले कैदीलाई जेलमा नै फोन र लागु पदार्थ उपलब्ध गराएको आरोप छ । सुनुवाईका क्रममा उनले उक्त आरोपको खण्डन गरेकी छन् । उनको पहिलो श्रीमान्तीर ७ वर्षीय बच्चा समेत रहेको छ ।

नयाँ वर्षमा चेल्सी शीर्ष स्थानमा कायम


लण्डन, पुस १२ – चेल्सीले सन् २०१४ लाई इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेर बिदा गर्ने भएको छ । गत राती भएको खेलमा वेस्ट ह्यामलाई पराजित गर्दै चेल्सीले शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।
वेस्ट ह्याम विरुद्ध २–० को जीत निकाल्ने क्रममा कप्तान जोन टेरी र डिएगो कोस्टाले एक–एक गोल गरे ।
चेल्सीले खेलमा २८ पटक वेस्ट ह्यामको पोस्टमा प्रहार गरेको थियो ।

उता, म्यान्चेस्टर सिटीले पनि आफ्नो खेल जित्दै चेल्सीमाथि दबाब कायम राखेको छ । लिगको दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियनले वेस्ट ब्रोमलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
सिटीले तीनै गोल खेलको पहिलो हाफमा गरेको थियो । सिटीका लागि फर्नान्डो, याया टुरे र डेभिड सिल्भाले एक–एक गोल गरे ।
वेस्ट ब्रोमका लागि ब्राउन लेडाईले एक मात्र सान्तवना गोल गरे ।
१८ खेलपछि चेल्सीको ४५ अंक रहेको छ भने सिटी तीन अंक पछि रहेको छ ।