लण्डन, पुस १२ – चेल्सीले सन् २०१४ लाई इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेर बिदा गर्ने भएको छ । गत राती भएको खेलमा वेस्ट ह्यामलाई पराजित गर्दै चेल्सीले शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।
वेस्ट ह्याम विरुद्ध २–० को जीत निकाल्ने क्रममा कप्तान जोन टेरी र डिएगो कोस्टाले एक–एक गोल गरे ।
चेल्सीले खेलमा २८ पटक वेस्ट ह्यामको पोस्टमा प्रहार गरेको थियो ।
उता, म्यान्चेस्टर सिटीले पनि आफ्नो खेल जित्दै चेल्सीमाथि दबाब कायम राखेको छ । लिगको दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियनले वेस्ट ब्रोमलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
सिटीले तीनै गोल खेलको पहिलो हाफमा गरेको थियो । सिटीका लागि फर्नान्डो, याया टुरे र डेभिड सिल्भाले एक–एक गोल गरे ।
वेस्ट ब्रोमका लागि ब्राउन लेडाईले एक मात्र सान्तवना गोल गरे ।
१८ खेलपछि चेल्सीको ४५ अंक रहेको छ भने सिटी तीन अंक पछि रहेको छ ।

No comments:
Post a Comment